FAQs Complain Problems

समाचार

नागरिकता सिफारिस गर्नका लागि

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।

२ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।

३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।

४. निवेदकको पिता÷माता÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १÷१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि

५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति

६. अन्य गा.वि.स., न.पा.बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणित हुने कागजातहरु ।

७. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति

८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।